नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव खतिवडाले प्रतिगामी हर्कतहरु बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताएका हुन् ।
उनले भने, ‘संविधानलाई अन्त्य गर्न र संविधानमा भएका व्यवस्थालाई समाप्त गर्न, हिन्दु राज्य, राजतन्त्तका लागि भनेर चलाइएका गतिविधिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउने, परामर्श गर्ने र लोकतन्त्रवादीलाई एक ठाउँमा जुटाउने शुरुवात गर्नेछ ।’
उपमहासचिव खतिवडाले राष्ट्रपतिका लागि कुनैपनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे ।





























प्रतिक्रिया