नबिल बैंकको संस्थापक सेयर बुधबार बिक्रीमा आएको छ। बैंकले ३ लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो।
सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदै छ । उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन् । बैंकका अनुसार उक्त सेयर खरिद गर्न चाहनेले फागुन २५ गतेभित्र आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।































प्रतिक्रिया