काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछाड्ने

काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछाड्ने

केन्द्रबिन्दु
0
Shares

चार दलीय बैठकमा नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । 

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा काँग्रेसले आफ्नो अडान राखेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको बताए । बैठकमा काँग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नाे दाबी गरेको उनले बताए । 

प्रस्तावमा आएका नामहरुका बारेमा दलहरुले आफ्नोआफ्नो पार्टीमा छलफल गरी पुन: ५ बजे बैठक बस्ने सहमति भएको उनको भनाई छ । 
 
महामन्त्री थापाले काँग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताए ।  

Skip This
Skip This
Logo