सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त भएका छन् ।

शुक्रबार सभामुख घिमिरेले नेपाल टेलिभिजनको अनलाइन सम्पादकसमेत रहेका अधिकारीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । 

मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनले मोफसल साप्ताहिक, सप्तकोसी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् । साथै पूर्वाञ्चल विश्व विद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका उनले २०७५ देखि ०७७ सम्म संसद् सचिवालयमा सञ्चार विज्ञको रुपमा रहेर काम गरिसकेका छन् । 

Skip This
Skip This
Logo