नेकपा एमालेका नेता गोकुल बास्कोटाले वामपन्थी सहकार्य समाप्त भएको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्रसहितका दलले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै बास्कोटाले ट्वीटमार्फत व्यंग्य गर्दै छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए प्रचण्डले जित्ने टिप्पणी गरेका छन् । उनले उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै भएको तर्क गरेका छन् । माओवादीसँगको सहकार्यमा उत्साह र आशा दुवै नभएको भन्दै बास्कोटाले एमाले निराश हुनुपर्ने कारण नभएको भन्दै आफ्नै लयमा अघि बढ्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ । उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ । अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो । एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ । उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ ।’
.jpg)































प्रतिक्रिया