नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए ।
उनले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे ।
अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको टिप्पणी गरे । आफूहरुका बिचमा भएको सहमतीका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाई छ ।
उनले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।
अध्यक्ष नेपालले आफूहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताए । उनले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।































प्रतिक्रिया