लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’ को लागि हाइजिन पाटर्नरको रूपमा आवद्ध

लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’ को लागि हाइजिन पाटर्नरको रूपमा आवद्ध

केन्द्रबिन्दु
0
Shares

लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ । जसलाई शोको हाइजीन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रू मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स-कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ । 

यसै क्रममा लाइफबोईले कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानी बारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।

द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो । यस कार्यक्रमको पुनरावृत्तिका जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन्। कार्यक्रमको पहिलो एपिसोड १० मार्च २०२३ (फागुन २६, २०७९) मा प्रसारण गर्नेगरी योजना बनाइएको छ । साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीमा रातीको ८ बजे प्रसारण हुनेछ ।

लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो, जुन मानिसहरूले सरसफाई, स्वास्थ्य र हात धुनका लागि प्रयोग गर्दै आएका छन् । लाइफबोईको शुरु सन् १८९४ मा भएको थियो । उक्त समय विलियम लिभरले एक उत्पादन सिर्जना गरेर यसको शुरुवात गरेका थिए । जसले किफायती रूपमा हाइजिनिक आवश्यकताको पूर्ति गर्न मद्दत गरेको थियो । 

Skip This
Skip This
Logo