ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किदा १६ जनाको मृत्यु भएको र ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।
आगो निभाउन दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण खुलेको छैन ।































प्रतिक्रिया