प्रदेश १ को नाम ‘कोसी’ राख्न एमालेद्वारा प्रस्ताव पेश

प्रदेश १ को नाम ‘कोसी’ राख्न एमालेद्वारा प्रस्ताव पेश

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि प्रस्ताव पेश गरेको छ । 

प्रदेश १ को संसद सचिवालयले दिएको समयसीमामा बुधबार एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव दर्ता गरेको हो । प्रस्तावको प्रस्तावकमा एमाले सांसद रामबहादुर मगर रहेका छन् भने भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेका छन् । 

आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाइएको छ, जसअनुसार नेपाली कांग्रेस पनि ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । 

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै प्रदेशकाे नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना हुँदै आएको छ । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार ६२ जना सांसदकाे आवश्यक छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

Logo