प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमा कांग्रेसको समर्थन फिर्ता

प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमा कांग्रेसको समर्थन फिर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमा आफ्नो समर्थन फिर्ता लिएको छ ।

कांग्रेसले प्रदेश–१ को नाम कोसी राख्न गरेको एमालेको प्रस्तावमा आफ्नो समर्थन फिर्ता लिएको हो । नेकपा एमालेले कोसी नाम राख्न गरेको प्रस्तावमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी सर्मथक रहेका थिए ।

समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । यता माओवादी केन्द्रले भने कोसीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको सांसद गणेश उप्रेतीले बताए ।

प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार ६२ जना सांसदको आवश्यक छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

Skip This
Skip This
Logo