राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको राष्ट्रियसभा उपाध्यक्षको आरोप

राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको राष्ट्रियसभा उपाध्यक्षको आरोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् । 

बिहीवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उपाध्यक्ष अर्यालले यस्तो आरोप लगाएकी हुन् । उनले नेकपा एमालेले जुककुनै पनि विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन्  ।

उनले नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन् । दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उनले उल्लेख गरिन् । 

उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागरिकता विधेयक रोकेको दाबी गरिन् । उनले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले अघि बढेको उनले आरोप लगाएकी छन् ।  

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताइन् । संवैधानिक पदमा रहेका व्यक्तिहरुले पार्टी भन्दा माथि उठेर राष्ट्रहीतलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्ने उनले बताइन् ।

Skip This
Skip This
Logo