पपुवा न्युगिनीविरुद्ध नेपालले टस हार्‍यो, गुलशान बेन्चमा

पपुवा न्युगिनीविरुद्ध नेपालले टस हार्‍यो, गुलशान बेन्चमा

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिइएको हो । 

पालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजति गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। पपुवा न्युगिनीले पनि नेपालसँग पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

नेपालले यस सिरिज अन्तर्गत अब मार्च ६ मा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल ३० खेलमा २८ अंकका साथ छैटौं स्थानमा छ।

नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ। 

Skip This
Skip This
Logo