सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ -मन्त्री श्रेष्ठ

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ -मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिए । निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि उनको भनाइ छ ।

“अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ”, उनले बताए । उनले आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको बताएउँदै निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि उल्लेख गरे । “आफ्नो दायित्व पूरा गर्नका लागि सरकार र निजी क्षेत्रका आ–आफ्ना भूमिका छन् । निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपले लिएको छ । समाधानका लागि छलफल पनि भइरहेको छ”, मन्त्री श्रेष्ठले बताए ।

सोही कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष गणेशकुमार न्यौपानेले कोभिड–१९ महामारीपछि निजी क्षेत्रले निरन्तर सङ्कट भोगिरहेको बताए । सरकारले कोभिड महामारीपछिको पुनरुत्थानमा ध्यान पु¥याउन नसकेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo