काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरे ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भट्टले सो कुरा बताएका हुन् । एमसीसी सम्झौता पास गरे जे पनि हुन सक्ने भन्दै आफूलाई धम्की आएको उनको भनाइ छ ।
‘एमसीसीलाई लिएर मलाई बझाङबाट फोन गरेर धम्की आएको छ । एक जना भाइले फोन गरेर एमसीसी पास गरे तेरो टाउको काटिन्छ भन्यो’–उनले समितिको बैठकमा भने–‘मैले एमसीसी सम्झौता पढेर भन्या हो कि त्यत्तिकै भन्दैछौ भनेर सोध्दा एमसीसी पढ्ने काम मेरो होइन, पढ्ने जिम्मा तेरो हो भन्यो ।’
समितिको बैठकमा अन्य सांसदहरुले पनि एमसीसी पास गरे जे पनि हुन सक्ने धम्की आएको बताएका छन् ।





























प्रतिक्रिया