प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन भएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

शनिबार काठमाडौँको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको  परिवारजनमा समवेदना व्यक्त गरेका थिए । 

दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

Skip This
Skip This
Logo