लिलविरुद्ध खेलमा खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

लिलविरुद्ध खेलमा खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

केन्द्रबिन्दु
0
Shares

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । ब्राजिलका फरवार्ड गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा घाइते भएका थिए ।

क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने पनि क्लबले जानकारी दिएको छ । नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो । यसैका कारण उनले सन् २०२२ को विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमा घाइते भएपछि दुई खेल गुमाएका थिए । सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले सन् २०२१ मा धेरै खेल गुमाउनु परेको थियो । नेयमारले यो सिजन लिग वानमा १ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।

Logo