नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली मिडफिल्डर सुनिल बलले पनि नेपाल छाडेका छन्।
उनी सोमबार साँझ अष्ट्रेलिया लागेका छन्। सुनिल एन्फा एकेडेमीका उत्पादन हुन्। नेपाली फुटबलका पछिल्लो अन्तर्राष्ट्रिय उपलब्धिहरूमा बलको महत्त्वपूर्ण योगदान रहेको छ।
यसअघि अभिषेक रिजाल, विशाल राईसहित दर्जन बढी खेलाडी अष्ट्रेलिया पुगिसकेका छन्। शहिद स्मारक ए डिभिजन लिग चलिरहेका बेला सुनिलले अष्ट्रेलिया रोजेका हुन्। उनी मच्छिन्द्र क्लबमा आबद्ध थिए।





























प्रतिक्रिया