नीति निर्माणको तहमा महिला सहभागिता किन न्यून छ ?

नीति निर्माणको तहमा महिला सहभागिता किन न्यून छ ?

केन्द्रबिन्दु
0
Shares

हामीलाई थाहा छ,अन्तर्राष्ट्रिय नारी दिवस (International women's day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । ८ मार्च महिला अधिकार र स्वाभिमानकाे प्रतीकका रुपमा विश्वभर स्थापित छ। 
     
हामी ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौं। इतिहास हेर्ने हो भने नारी दिवस एउटा आन्दोलनको निरन्तरता हो । १८औं शताब्दीमा राजनैतिक रूपमा मजदूर आन्दोलनको शुरुआत भयो । फ्रान्सको राज्य क्रान्ति, बेलायतको औद्योगिक क्रान्तिको प्रभाव सारा युरोपमा फैलिरहेको थियो । पूँजीपतिहरूले मजदूरमाथि अनगिन्ती शोषण गर्न थालेपछि युरोपभरि मजदूर आन्दोलन भएका थिए ।

आजसम्म नेपालमा महिला उत्पीडन भयावह अवस्थामै रहेको छ। महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ।

यसैगरी न्यूयोर्क शहरमा हजारौं महिला–श्रमिक जम्मा भएर ८ मार्च, १८५७ मा आफ्नो काम गर्ने ठाउँको अमानवीय परिवेश विरुद्ध प्रतिवाद गरे । २८ फेब्रुअरी, १९०९ मा सम्पूर्ण अमेरिकामा पहिलो पटक ‘राष्ट्रिय नारी दिवस’ मनाइयो । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा १७ देशका १०० महिला प्रतिनिधिले ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को प्रस्तावलाई समर्थन गरे ।

यसै दिन, २० लाख रूसी महिलाहरूले विभिन्न खाले अन्यायको विरुद्धमा सभाको आयोजना गर्दै बालश्रम बन्द गरियोस्, काम गर्ने अधिकार, काम गर्ने ठाउँमा पुरुष–महिला बीचमा विद्यमान विभेद हटाउने, खाद्यान्न, विश्वयुद्ध विरुद्ध आवाज उठाउँदै शान्तिको माग गर्दै आफ्नो असहनीय गरिबीविरुद्ध, मताधिकार दिइयोस्, राजनीति गर्ने अधिकार दिइयोस् जस्ता मागहरू अगाडि सारेका थिए । ८ मार्च, १९७५ मा राष्ट्र समूहले यस दिनलाई ‘अन्तर्राष्ट्रिय नारी दिवस’ घोषणा गरे ।

महिलाको उत्थान भनेको पुरुषको पतन होइन । लैङ्गिक समानता कायम गर्न सबैले भूमिका खेल्न सक्छन् ।

मानिसले प्रकृतिमाथि विजय हासिल गर्ने चुनौतिको सामना गर्नुपर्ने बेला हामी भने महिला अधिकारका लागि अझै सघनमा आवाज उठाउनुपर्ने ठाउँमा छौं। महिलाहरु समान अधिकारबाट बञ्चित हुनुमा धेरैजसो कारण हुन्, पुरुषप्रधान समाज र सोंच।पुरुषहरुले महिला अधिकारका लागि अग्रगामी रुपमा सोच्न आवश्यक छ। महिलाको उत्थान भनेको पुरुषको पतन होइन । लैङ्गिक समानता कायम गर्न सबैले भूमिका खेल्न सक्छन् । लैङ्गिक सन्तुलन महिलाको मात्रै समस्या होइन, आर्थिक समस्या पनि हो । सबैबाट वकालत, समावेशी मानसिकता र मूर्त कार्य आवश्यक छ।लामो समयदेखि महिलाहरुले सङ्घर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडन भयावह अवस्थामै रहेको छ। महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ। आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन्।

नेपाली समुदायमा महिलाहरुको संख्या पुरुषको भन्दाबढी भए पनि समाजको नीति निर्माणका महत्वपूर्ण क्रियाकलापहरुमा महिलाहरुको सहभागिता अति नै न्यून रहेको छ। जसले गर्दा महिलाहरुको विचार र मान्यता र देश निर्माणका कामहरुमा आउन सकिरहेको अवस्था छैन । जसले गर्दा महिला वर्ग अझै ओझेलमा परिरहेका छन्।

महिलाको राजनीतिक सहभागिता वृद्धिका लागि दलका जनसंगठनहरूले विशेष महत्त्वका साथ गतिविधिहरू सञ्चालन गर्नुपर्छ ।

राजनीतिमा महिला सहभगितासम्बन्धी तालिम, सेमिनार, गोष्ठीलगायत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । परिवार तथा समाजबाट महिलालाई कुनै पनि प्रकारको बाधा–अवरोध नगरी राजनीतिमा लाग्न प्रेरित गर्नुपर्छ । महिलाको राजनीतिक सहभागिता वृद्धिका लागि दलका जनसंगठनहरूले विशेष महत्त्वका साथ गतिविधिहरू सञ्चालन गर्नुपर्छ ।

महिलाको नेतृत्व विकास आजको आवश्यकता हो। त्यस्तै, परिवार, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा महत्वपूर्ण विचार र अर्थपूर्ण भूमिका र जिम्मेवारी प्राप्तीका साथै समावेशी हुन अति नै महत्वपूर्ण छ। किनकि एउटी महिलाको विकास भनेको एउटा परिवार, समाज र राष्ट्रको विकास हुनु हो।अन्तर्राष्ट्रिय महिला दिवसको भाषण र प्रस्तुतिहरूको अवसरलाई लैङ्गिक एजेन्डालाई अझ अगाडि बढाउन र विश्वव्यापी महिलाहरुका लागि सकारात्मक लाभहरू बनाउन प्रयोग गर्न पर्छ।

न्याय समानता र स्वतन्त्रताकाे लक्ष्य हासिल गर्न  हामीले आफूलाई जति शक्तिशाली बनाएर समानताको लडाइँ लड्नुपर्थ्यो, त्यसमा काफी मात्रामा चुकिरहेका छौं।

कतिपय अवस्थामा हाम्रो प्राकृतिक कमजोरीमाथि पनि पुरुषप्रधान चिन्तन र समाजबाट प्रहार भइरहेको छ। न्याय समानता र स्वतन्त्रताकाे लक्ष्य हासिल गर्न  हामीले आफूलाई जति शक्तिशाली बनाएर समानताको लडाइँ लड्नुपर्थ्यो, त्यसमा काफी मात्रामा चुकिरहेका छौं। समानताको लडाइँसगै हामीले आफूलाई पनि आत्मसमीक्षा र पूनर्संगठित गर्न जरुरी छ।

Skip This
Skip This
Logo