माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन

माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन

केन्द्रबिन्दु
0
Shares

माई खोला हाइड्रोपावरको आजदेखि आईपिओ निष्काशन भएको छ।

आयोजना प्रभावित क्षेत्रको स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले आइपीओ बिक्री खुला गरेको हो। जारी आईपिओमा चैत ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यद्दपि, तोकिएको अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गरेको हो। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १० प्रतिशत अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ। यस आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo