काठमाडौं ,
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय नयाँ गीतसहित स्रोता दर्शकमाझ आएका छन् ।
‘छक्कै परे’ बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले गाएका हुन् । गीतमा संगीत गायक भट्टले नै गरेका हुन् । संगीत संयोजन मोपहत मुनालले गरेका छन् ।
रोमान्टिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।
गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडियो निर्माणसम्म निकै मेहनत गरेको बताउँदै गीतले स्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । भिडियो यस्तो छ :































प्रतिक्रिया