राष्ट्रकाे हितमा मात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव

राष्ट्रकाे हितमा मात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई ज्ञापन गरेका छन् । एक समारोहबीच अध्यक्ष नेपालले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।

उनले राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन् । ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ उनले भने ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

Skip This
Skip This
Logo