आजको मौसमः पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित बर्षा हुने

आजको मौसमः पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित बर्षा हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली तथा  देशका बाँकी पहाडी भू– भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्य सफा रहनेछ। राती भने बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यत सफा रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo