माओवादीलाई छाडेर एमालेसँग सहमतिबारे सपनामा पनि सोच्न सकिन्न -काँग्रेस

माओवादीलाई छाडेर एमालेसँग सहमतिबारे सपनामा पनि सोच्न सकिन्न -काँग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादीलाई छाडेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि सोच्न नसकिने बताएका छन् । 

शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उपसभापति खड्काले  पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा-याउने बताएका हुन् ।  

‘दुर्भाग्यवश पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र अन्ततोगत्वा यो परिस्थिति बन्यो ।’ उनले भने । 

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताए ।

आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र काँग्रेस पनि सरकारमा सहभागी हुने उनले बताए ।  

द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने उपसभापति खड्काले बताए । 

Skip This
Skip This
Logo