जसपाका उपराष्ट्रपति उम्मेदवार यादवविरूद्ध एमालेले दियो उजुरी

जसपाका उपराष्ट्रपति उम्मेदवार यादवविरूद्ध एमालेले दियो उजुरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिएको छ।

यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा नेकपा एमाले सांसद महेश बर्तौलाले उजुरी दिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको र निर्वाचन आयोगले त्यसै अनुसार निर्देशन दिएकाले एमालेले उजुरी दिएको हो । 

‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६(५)ले यस दफा वमोजिम उपराष्ट्रपतिको लागि उमेद्वार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेर्छ भन्ने व्यवस्था गरेको छ र सोही उपदफाको स्पष्टीकरणमा समुदायको परिभाषा गरी समुदाय भन्नाले दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु वा मुस्लिम समुदाय सम्झनुपर्छ भन्ने उल्लेख गरेको छ । यस आधारमा समेत राष्ट्रपति पद खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उमेद्वार हुनसक्छ । यसैले सो पदमा पुरुष उमेद्वार हुन सक्दैन ।’ पत्रमा उल्लेख छ । 

हेर्नुहोस्, उजुरी पत्र-

11678532399.jpg

21678532399.jpg

21678532399.jpg

31678532400.jpg

Logo