प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।
सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई,समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरे । उनले राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने बताए ।
उनले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे । विस्तृत शान्ति सम्झौतामाथि आफूबिरुद्ध मुदद दर्ता हुँदा तरंग पैदा भएपनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले मुद्दा दर्ता सम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए । उनले अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे ।
उनले संघीय शिक्षा ऐन यही सदनमा प्रश्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताए । मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको उनले बताए ।





























प्रतिक्रिया