राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन्।  

राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेकाे यहाँस्थित जापानी राजदूताबासले जनाएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गरेका छन् । 

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

Skip This
Skip This
Logo