कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाद्वारा ११ बुँदे एजेन्डा सार्वजनिक, यस्तो छ उनको प्यानल

कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाद्वारा ११ बुँदे एजेन्डा सार्वजनिक, यस्तो छ उनको प्यानल

केन्द्रबिन्दु
0
Shares

चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । 

बुधबार पत्रकार सम्मेलनमार्फत उम्मेदवार उप्रेतीले ११ बुँदे घोषणा पत्र सार्वजनिक गरेकी हुन् । कलाकारको हकहितसम्बन्धी काम गर्नका लागि आफू कलाकारको संघको अध्यक्ष उम्मेदवार बनेको बताएकी उनले घोषणा पत्रमा संघको वेभसाइट व्यवस्थापनदेखि पेन्सन योजनासम्म समावेश गरेकी छन् ।

घोषणा पत्रमा कार्यालय व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेभसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा उल्लेख छन् ।

साथै उम्मेदवार उप्रेतीले निर्वाचनमा होमिएको आफ्नो प्यानल पनि सार्वजनिक गरेकी छन् । प्यानलको उपाध्यक्षमा शिवहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ,  लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भिमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।

संघको महाधिवेशन तथा निर्वाचन आगामी चैत ४ गते आयोजना हुँदैन । 

Skip This
Skip This
Logo