थाहानगरमा तासखालबाट १० जना पक्राउ 

थाहानगरमा तासखालबाट १० जना पक्राउ 

केन्द्रबिन्दु
0
Shares

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा तास खेलिरहेको अवस्थामा नगदसहित १० जना पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका डाँडा गाँउस्थित सुमन बिष्टको खाजा पसलबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिकाका महेश खत्री, राजन रायमाझी, हिरेन्द्र कुमार रायमाझी, सुमन बिष्ट, कृष्ण राम कार्की, राम कुमार खत्री, अनिल कार्की, अमर कुमार तामाङ, राम भक्त श्रेष्ठ र श्याम कृष्ण प्रधान रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट  नगद १८ हजार ७ सय ६६ रुपैयाँ, ५ सय ८० भारतीय रुपैया र ३ बुक तास बरामद भएको छ ।

Skip This
Skip This
Logo