प्रधानमन्त्रीसँग एमालेले माग्यो आफूसँग सहकार्य टुंग्याउनुको कारण

प्रधानमन्त्रीसँग एमालेले माग्यो आफूसँग सहकार्य टुंग्याउनुको कारण

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गरेका हुन् । उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए । 

उनले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनको कारण इतिहासले सोधिरहने उनले बताए । 

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पारे । उनले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।

Skip This
Skip This
Logo