‘धोकेबाज’को जस लिन खोजेको चर्चाबीच शिव परियारले दिए यस्तो प्रष्टिकरण

‘धोकेबाज’को जस लिन खोजेको चर्चाबीच शिव परियारले दिए यस्तो प्रष्टिकरण

केन्द्रबिन्दु
0
Shares

डेढ वर्षअघि सार्वजनिक गीत ‘धोकेबाज हौ तिमी’ को जस लिन खोजेको चर्चाबीच गायक शिव परियारले प्रष्टिकरण दिएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत गायक परियारले यस गीतलाई ‘मेल, फिमेल चाईल्ड’ भर्सनमा आफ्नो स्वर दिने गायक गायिका नै उक्त गीतका आधिकारिक गायक गायिका भएको बताएका हुन् । 

उनले भनेका छन्, ‘धोकेबाज हौ तिमी गीत यस गीतका आधिकारिक स्रष्टा रसङ्गीतकार सुबास कार्की कार्की जिले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ, यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन र चोरी चकारी वा कभर गरेर हामि कसैले गाएको पनि हैनौं, यस गीतलाई मेल, फिमेल, चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन्, यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यक्ता मैले देखेको छैन । आधिकारिक रुपमा स्पष्ट पार्दछु ।’ 

No description available.

डेढ वर्षअघि सुवास कार्कीको शब्द एवं संगीत, विशाल निरौलाको एरेन्जमा पहिले यो गीत गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थियो । त्यसको केहीसमय पछि शिव परियारको स्वरमा यो गीत सार्वजनिक भएको थियो । पहिला यो गीतले खासै चर्चा नमाए पनि पछिल्लोसमय गायिका एलिनाले मेला/महोत्सवमा गाइन्, जसमा दर्शकहरूले लिरिक्स मिलाएर लिप्सिङ गरेको एक्सप्रेसन खुवै भाइरल भएको थियो । त्यसपछि गीतको जस लिन शिव र एलिनाबीच होड चलेको हो । 

Logo