गीता र सारिकाको नयाँ तीज गीत ‘बजाउँदै चुरा’ बजारमा (भिडियोसहित)

गीता र सारिकाको नयाँ तीज गीत ‘बजाउँदै चुरा’ बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली महिलाहरुको महान् पर्व तीज नजिकिंदै जाँदा तीज सम्बन्धी गीतहरु सार्वजनिक भइरहेका छन् । यही सन्दर्भमा गत तीन वर्षदेखि लगातार तीजका गीत पस्किंदै आएकी सञ्चारकर्मी गीता अधिकारीले नयाँ गीत ‘बजाउँदै चुरा‘’ बजारमा ल्याएकी छिन् ।

गायिका सारिका घिमिरेको स्वर रहेको सार्वजनिक तीज गीतमा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको निर्माण पक्षले बताएको छ । भिडियो :

 

 

Logo