नेप्सेमा आज सानिमा र रिलाएन्स इन्सोरेन्सको कारोबार बन्द हुने

नेप्सेमा आज सानिमा र रिलाएन्स इन्सोरेन्सको कारोबार बन्द हुने

केन्द्रबिन्दु
0
Shares

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको सेयर कारोबार रोक्का हुने भएको छ । 

दुबै कम्पनीले चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएपछि नेप्सेले आजको सेयर कारोबार रोक्का गरेको हो । यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्ज सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न गरी आजबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्दैछन । 

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । दुवै कम्पनीको फागुन १२ गते सम्पन्न भएको साधारण सभाले मर्जको प्रस्ताव पारित गरे अनुसार आजबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन ।

Logo