बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

केन्द्रबिन्दु
0
Shares

सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् ।  

ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आएको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकीङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानको बारे समेत प्रकाश पारेका थिए । 

प्रतिनिधि मण्डलसगँ छलफलको क्रममा प्रमुख कार्यकारी अधिकृत केसीले नेपालको दिगो तथा समाबेशी आर्थिक विकास बीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्नको लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए । 

साथै, प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पु-याएको योगदानको प्रशंसा गरे । महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तिकरणकालागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समुहहरुको स्तर उन्नतीका लागी बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरुले सोसम्वन्धी प्रतिक्रियासमेत आदानप्रदान गरे ।  

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo