सुजल श्रेष्ठले घोषणा गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, आजै अष्ट्रेलिया प्रस्थान गर्ने

सुजल श्रेष्ठले घोषणा गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, आजै अष्ट्रेलिया प्रस्थान गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका सुजल आज राति अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् । त्यसअघि उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । 

‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसिका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलि बाट आफ्नो सन्यास घोषणा गर्दछु ।’ उनले भनेका छन् । 

उनले थपेका छन्- ‘यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र म विस्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो ।’ 

राष्ट्रिय टीमको पूर्व कप्तानसमेत रहेका सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलमा राष्ट्रिय टीमबाट डेब्यू गरेका थिए । नेपालका लागि ३७ अन्तर्राष्ट्रिय खेल खेलेका उनले तीन गोल गरेका छन् । उनकै कप्तानमा मछिन्द्र फुटबल क्लबले लगातार दुई पटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको थियो । त्यसअघि उनले मनाङ मस्याङ्दी क्लबबाट पनि ए डिभिजन लिग जितेका थिए ।

पछिल्लोसमय नेपाली फुटबलमा खेलाडी पलायन हुने क्रम जारी छ । विङ्गर सुजलसँग आज नै राष्ट्रिय टिमका लेफ्ट ब्याक रजिन धिमाल पनि अष्ट्रेलिया जाँदैछन् । गत महिना सुनिल बल पनि अष्ट्रेलियातर्फ लागेका थिए । 

Skip This
Skip This
Logo