गण्डकीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

गण्डकीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

केन्द्रबिन्दु
0
Shares

गण्डकीमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेका छन् ।

अध्यक्षको निर्देशनअनुसार आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ ।  चुमानका अनुसार  जानकारी दिए ।

गण्डकीमा  संसदीय दलका नेता हरिबहादुर चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्।  माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन्। संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरेका छन् ।  

Logo