महाबौद्धका ६ जनामा कोरोना पुष्टि भएपछि ६० वटा पसल सिल

महाबौद्धका ६ जनामा कोरोना पुष्टि भएपछि ६० वटा पसल सिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंको महाबौद्धका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि करिब ६० वटा पसल सिल गरिएका छन् ।

काठमाडौं महानगरपालिका–२७ महाबौद्धका दुई घरका ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । एकै घरका बुवा, आमा, छोरा, छोरी र घरमा काम गर्ने सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अर्का ब्यक्ति भने फरक घरका हुन् ।

१६ दिन अघि भारतबाट फर्किएकी एक युवतीमा ५ दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको परिवारका अन्य ५ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु पाँचै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको छ । अर्का एक जनालाई भने पाटन अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।नेपाल समाचारपत्रबाट

Logo