नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अयोग्य नियुक्ति भएको भन्दै संयुक्त संघर्ष समितिले विरोध जनाएको छ ।
प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको समितिले अयोग्य कलाकारलाई छनोट गरेको थियो । समितिले गरेको छनोटलाई प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले सिधै सिफारिस गरेपछि समितिले विरोध जनाएकाे हाे ।
सर्वोच्च अदालतको फैसलालाई समेत उल्लंघन गरी अयोग्य कलाकारलाई नियुक्ति गरेको समितिकाे आराेप छ ।
पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक जीवन थापाले प्रधानमन्त्रीले कलाकारहरुलाई विधिभन्दा बाहिर गएर नियुक्ति गरेको बताएका छन् । 'समाज परिवर्तनको लागि कलाकारको रगत र पसिना बगेको छ । कलाकार पनि लोकतन्त्रको अंग हो । हामीलाई सडकमा उत्रिन बाध्य नबनाउनुहाेस् ।'उनले भने ।
संयुक्त संघर्ष समितिले नियम विपरीत भएको नियुक्तीविरुद्ध यही चैत ६ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । अदालतले जे फैसला गर्छ त्याे स्वीकार्य हुने समितिले जनाएको छ । नाट्यकर्मी जीवन थापा, किशोर अनुराग अधिकारी र विजय विस्फोटले संयुक्त संघर्ष समिति बनाई कानूनी संघर्षमा उत्रिएका हुन्।































प्रतिक्रिया