व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन् । 

शुक्रवार नेकपा कम्युनिष्ट समाजवादी पार्टीको अर्थविभागले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकारले व्यवसायी गतिविधि चलायमान बनाउने नीतिगत टुल्सहरु प्रयोग गरी बजारमा तरलता सहज रुपमा उपलब्ध हुने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । 

उनले सरकारले व्यवसायीहरुले माग गरे अनुसार आवश्यक नीतिगत व्यवस्था गरे अर्थतन्त्र सुधार हुन धेरै समय नलाग्ने बताए । उनले सरकारले कोरोना महामारीपछि आयातमा प्रतिवन्ध लगायतमा गरिएको कडाइका कारण अर्थतन्त्रमा संकुचन भएको दाबी गरे । 

वरिष्ठ उपाध्यक्ष ढकालले पछिल्लो समय नेपालमा विदेशबाट आउने रेमिट्यान्स वृद्धि, पर्यटक आगमनमा वृद्धि र  बैंक तथा वित्तीय संस्थाहरुको सिडि रेसियोमा समेत सुधार भएको बताए । उनले सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई रोक्नु भन्दा पहिला मुलुक भित्र रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए । 

वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताए । उनले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताए । 

उनले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताए । अब एकले अर्कोलाई दोष लगाउने भन्दा पनि राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । 

Logo