साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

केन्द्रबिन्दु
0
Shares

दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताए। “ बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उनले भने, “उनिहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”  

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर-६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ। थोमस र एडमले बालबालिकालाई शिक्षा दिइराखेका छन्। उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ। 

Logo