युरोकप छनोटमा स्पेनको विजयी सुरूवात

युरोकप छनोटमा स्पेनको विजयी सुरूवात

केन्द्रबिन्दु
0
Shares

स्पेनले युरो २०२४ छनोटमा शनिबार विजयी शुरुवात गरेको छ। उसले चोटग्रस्ट इर्लिङ हाल्याण्ड बिनाको नर्वेलाई सजिलै ३-० ले हराएकाे हाे । वेल्सले भने इञ्जुरी समयको गोलको मद्दतले वेल्सलाई १-१ को बराबरीमा रोक्यो ।

अब तीन पल्टको युरोपेली च्याम्पियन स्पेनले स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्डले अर्को खेलमा साइप्रसलाई समूह ‘ए’ मा ३-० ले नै हरायो । अन्य खेलमा टर्कीले आर्मेनियालाई २–१, स्विटजरल्याण्डले बेलारुसलाई ५-० र रोमानियाले एन्डोरालाई २-० ले हराएकाे छ ।

मालागामा भएको खेलमा स्पेनका लागि डानी ओल्मोले पहिलो गोल गरे भने जासेलुले आफ्नो डेब्यु खेलमा दुई गोल थपे । यससँगै स्पेनका नयाँ प्रशिक्षक लुइस डे लाले पनि विजयी सुरुआत लिएका छन् ।

Logo