नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धनबाट देशको भविष्य नरहेको टिप्पणी गरेका छन् । आज अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने बताएका हुन् ।
उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण समेत गरेका छन्।
उनले समझदारीका साथ एमाले सरकारमा गएको र पछि प्रचण्डले धोका दिएको आरोप लगाएका छन्। उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।





























प्रतिक्रिया