राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताएकी छन् ।
आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो बताएकी हुन् । उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताइन् । सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने उनले बताइन् ।
उनले केही दिनअघि विद्यार्थीहरुले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नरहेको स्पष्ट भएको बताइन् । उनले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताइन् ।
सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरु नागरिक केन्द्रित हुनुपर्ने बताइन् ।































प्रतिक्रिया