राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । 

आईतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो । डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । 

विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ । 

Logo