पूर्वी नवलपरासीमा भेटिए ९ वटा बेवारिसे बम

पूर्वी नवलपरासीमा भेटिए ९ वटा बेवारिसे बम

केन्द्रबिन्दु
0
Shares

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन् । आइतबार बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जंगलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् ।

जंगलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले घटनाबारे अनुसन्धान भइरहेको बताए ।  बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

Skip This
Skip This
Logo