एनएमबि बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

एनएमबि बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ।  बैंकका अनुसार चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागिएको हो ।  बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ भने १० बर्ष अवधिको ऋणपत्रमध्ये ६०  प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ।  बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ। यस भित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ।

Logo