ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

केन्द्रबिन्दु
0
Shares

सोसल मिडिया प्लेटफर्म टविटरको मूल्य २४ अर्ब अमेरिकी डलरले घटेको छ।  ट्विटरका प्रमुख एलन मस्कले मूल्य मस्कले २० अर्ब डलरले मुल्य घटेको बताएका हुन । पाँच महिनाअघि मात्र ४४ अर्ब डलरमा खरिद गरेको ट्विटर अहिले आधाभन्दा कम मूल्यले घटेको उनले जनाएका हुन् ।

मस्कले कर्मचारीहरूलाई पठाइएको इमेलमा सानफ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी एक्स होल्डिङ्सका कर्मचारीहरूलाई शेयर बाँडफाँड गर्ने तयारी गरिरहेकाे बेला मस्कले उक्त मुल्य उल्लेख गरेर इमेल गरेका हुन । क्षतिपूर्ति योजना सुरू हुन लागेकाे बेला ट्विटरको मूल्य २० अर्ब डलर तोकिएको छ। 

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले भनेका छन, ‘ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको छ।’मस्कले शनिबार गरेको ट्वीट अनुसार ट्विटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने जनाएका थिए ।  

Skip This
Skip This
Logo