प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न काँग्रेसका महामन्त्री शर्माको माग

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न काँग्रेसका महामन्त्री शर्माको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु,’ शर्माले लेखेका छन् ।

Skip This
Skip This
Logo