सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाउनुको साथै न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी छ ।
मन्त्रालय सङ्ख्यामा दलहरूको दाबी धेरै हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई मन्त्रिमण्डल विस्तार गर्न कठिन भएको छ । मंगलबार बसेको १० दलको बैठकमा नेपाली काँग्रेसले नौ मन्त्रालयमा दाबी पेस गरेको छ भने जसपा र नेकपा एकीकृत समाजवादीले तीन तीन मन्त्रालयमा दाबी गरेका छन् ।
त्यस्तै लोसपाले २, जनमत र नागरिक उन्मुक्ति पार्टीले दुई दुई मन्त्रालयको दाबी गरेका छन् । त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाए सरकारमा जाने बताउँदै आएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले अहिले प्रधानन्त्रीसहित ५ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।





























प्रतिक्रिया