मोटरहेडको एउटै मोटरसाइकलमा ३५ हजारसम्म छुट

मोटरहेडको एउटै मोटरसाइकलमा ३५ हजारसम्म छुट

केन्द्रबिन्दु
0
Shares

मोटरहेडको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले ग्राहकहरुलाई आकर्षक छुट दिने भएको छ । 

कम्पनीका अनुसार मोटरहेड स्क्र्याम्बलर मोटरसाइकल खरिदमा ३५ हजार रुपैयाँ छुट उपलब्ध गराइने भएको हो । मोटरहेडले स्टक क्लियरेन्स अफरको रुपमा यो छुट उपलब्ध गराएको हो । नेपाली बजारमा हाल स्क्र्याम्बलर मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।

रेट्रो लुक्स बोकेको यस स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी उत्कृष्ट रहेको कम्पनीको दाबी छ । ६–स्पिड गियरबक्स भएको सो बाइकमा २२३ सीसी आयल कुल्ड इञ्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्दछ । यसमा १४ लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।

साथै रेट्रो एलईडी हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रग्ड अपेरियन्सले सो बाइकलाई एकदमै आकर्षक बनाएको छ । यसमा ८२० एमएमको सिट हाइट उपलब्ध छ । साथै फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल जडान भएको यसमा सवै आवश्यक जानकारी डिस्प्ले हुने गर्दछ ।

मोटरहेडका अन्य मोडल टेक्कन आर२५०, टेक्कन २५० र एक्स–टर्क २५० मा पनि यस प्रकारको आकर्षक छुटको अफर रहेको कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo