मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले सिरहाबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका हुन् । 

सुदखोरबाट पीडित भएकाको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै उनले लघुवित्त र बैंकले जनतमाथि अन्याय गरेकाले गम्भीर हुनुपर्ने बताए । 

बैंकले जनताको पैसा उठाएर जनतामा परिचालन नगर्दा विभिन्न समस्या आइरहेको बताउँदै सांसद साहले सुदखोर र लघुवित्तले जनताको जमिन पास गरेर लिएको र अझै ऋण तिरिनसकेको भन्दै मिटरब्याज लिइरहेकाले गम्भीर हुनुपर्ने दोहोर्‍याए । 

Skip This
Skip This
Logo